बुटवल उपमहानगरमा मतगणना सुरू गर्ने तयारी - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

बुटवल उपमहानगरमा मतगणना सुरू गर्ने तयारी



बुटवल- बुटवल उपमहानगरपालिकामा मतगणना सुरू गर्ने तयारी गरिएको छ । मतदान अधिकृतका अनुसार केहीबेरमा मतगणना सुरू हुनेछ । शुक्रबार रातिबाट नै मतगणना सुरू गर्ने सहमति भएकाले अहिले नै गणना सुरू गर्न लागिएको हो ।

मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र अब सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताएका छन् । मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेकाले १२ बजे गणना सुरु हुने बताइएको छ ।

बुटवलमा कुल ९० हजार ४०४ मतदाता रहेकामा ६२ हजार १०१ मत खसेको छ । बुटवलको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । १९ वटा वडा रहेको बुटवलमा वडा नं १ मा १९ हजार ६८,२ मा दुई ८७५, ३ मा तीन हजार ६१२, ४ मा तीन हजार ४६८ र ५ मा एक हजार २९६ मत खसेको छ । यस्तै वडा नं ६ मा दुई हजार ८०२, ७ मा चार हजार ५१८, ८ मा तीन हजार ४३०, ९ मा दुई हजार ८६४ र १० मा एक हजार ९७५ मत खसेको छ ।

वडा नं ११ मा १० हजार ३७१, १२ मा चार हजार २८०, १३ मा पाँच हजार ८६, १४ मा तीन हजार २६, १५ मा दुई हजार ६१७, १६ मा दुई हजार ११५, १७ मा दुई हजार ५९०, १८ मा एक हजार ६९९ र वडा नं १९ मा दुई हजार ५०९ मत खसेको छ ।