बुटवलमा प्रांगारीक कृषि मेलाको तयारी पूरा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

बुटवलमा प्रांगारीक कृषि मेलाको तयारी पूरा



आचार्य प्रदीप / बुटवल ।

बुटवल उद्योग वाणिज्य संघ र कृषि मन्त्रालय अन्तरगतका बिभिन्न निकायको संयुक्त आयोजनामा भोलीदेखि बुटवलमण्डपमा सुरु हुने राष्टिय प्रांगारीक कृषि मेलाको तयारी पुरा भएको पुरा भएको छ ।

मेलास्थल बुटवलमण्डपमा स्टल, मञ्च, स्वागद्धार, माछा पोखरी निर्माण सहितका सबै काम पुरा भएका छन । मेलामा सहभागिताका लागि प्रांगारीक कृषि, प्रबिधि, प्रागारीक कृषिमा कार्यरत बिभिन्न संघ सस्था र मत्स्य पालन सम्वन्धि १ सय २५ स्टल सहभागि हुने मेला प्रचार उपसमितिका संयोजक करन खनालले जानकारी दिए ।

७ गतेसम्म चल्ने मेलाका अवसरमा तरकारी तथा फलफुलमा हुने बिषादीको परिक्षण, कस्तो जमिनमा कस्तो खेति उपयुक्त हुन्छ भनि माटो परिक्षण, वालि उपचार शिबिर,माछा तथा च्याउका परिकारको छुट्टै महोत्सव, प्रागारीक कृषिका सम्वन्धमा बिभिन्न गोष्ठि तथा प्रतियोगिताहरु हुने जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख तथा मेला आयोजक समितिका सदस्य भोजराज सापकोटाले बताए ।

मुलुकको आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण आवश्यक भएकाले संघले कृषिलाई प्राथमिकतामा राखेको र यस पटकको मेलामा नेपाल सरकारका बिभिन्न निकायको सहयोग भएको मेलालाई नमुना बनाउन संघले बिशेष तयारी गरीरहेको संघका अध्यक्ष खिम बहादुर हमालले बताए ।

भोली बिहान १० बजे ५ नम्वर प्रदेशका प्रमुख उमाकान्त झाबाट कार्यक्रम उदघाटन हुने समेत आयोजकले जानकारी दिएको छ ।