बुटवलको रामनगरमा एक ब्यक्तिको हत्या प्रयास
बुटवल । बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।
नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा प्रसन मल्लमाथी खुकुरी प्रहार भएको हो ।
साथीभाइ बिचको बिबादले यस्तो घटना घटाएको बुझिएको छ । टाउकोमा गहिरो चोट लागेका मल्लकोे अवस्था गम्भीर छ ।उनको चितवनमा थप उपचार भैरहेको छ ।
शनिबार बेलुका उनीमाथि आक्रमण भएको हो । ४-५ जनाको समुहले मल्लमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट अचेत भएका उनको केहिबेर अघि होस खुलेको मल्लका बुबाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।