बुटवलमा कांग्रेस अगाडी, एमालेलाई राप्रपाले उछिन्यो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बुटवलमा कांग्रेस अगाडी, एमालेलाई राप्रपाले उछिन्यो



बुटवल उपमहानगरपालिकाको प्रारम्भीक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ।

वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका हुन्।

दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन्।

वडा नम्बर १ मा १ हजार ९ सय ७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।