उबासंघ बुटवलको अध्यक्षमा हमाल १ सय ९० मतले बिजयी - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

उबासंघ बुटवलको अध्यक्षमा हमाल १ सय ९० मतले बिजयी



आचार्य प्रदीप
बुटवल :
बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा खिमबहादुर हमाल निर्वाचित भएका छन् ।

हमालले ८ सय ६५ र कृष्णकुमार श्रेष्ठले ६ सय ७५ मत ल्याए । हमाल र श्रेष्ठको मतान्तर १९० छ । शनिबार सम्पन्न मतपरिणाम अनुसार २ जना सदस्य बाहेक हमाल नेतृत्वको प्यानल नै बिजयी भएको हो ।

नयाँ कार्यसमितिमा उज्जल प्रसाद कसजु वरिष्ठ उपाध्यक्ष, अनिलकुमार श्रेष्ठ उद्योग उपाध्यक्ष, हरि प्रसाद अर्याल वाणिज्य उपाध्यक्ष, दिनेश प्रसाद श्रेष्ठ महासचिव, बिमलराज भट्टराई कोषाध्यक्ष एवं कमल प्रसाद पौडेल सचिव पदमा बिजयी बनेका छन् ।