बुटवलमा शंकास्पद बस्तु फेला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवलमा शंकास्पद बस्तु फेला



बुटवल । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा बिहीबार आब्हान गरेको नेपाल बन्दको बिहानदेखि नै प्रभाव परेको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन । तर सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन् ।

बिहानी सत्रमा चल्ने शिक्षण संस्था चलेका छैनन । बुटवलको कालिकानगरमा शंकास्पद बस्तु फेला परेको छ । बुटवल बेलहिया सडक खण्डको कालिका चोकमा डिभाईडर माथि कालो रङ्गको संकास्पद बस्तु भेटिएपछि सर्वसाधारण जनता त्रसित भएका छन् ।

सुरक्षाकर्मी सडकमा तैनाथ भएका छन् । बुटवल, भैरहवा, पाल्पा, अर्घाखाँची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात छुटेका छैनन् । मोटरसाईकलहरु भने चलेका छन् ।