बुटवलको पाखापानीमा टिप्परले स्कुटरलाई ठक्कर दिदा छोरीको मृत्यु, बाबु घाइते - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बुटवलको पाखापानीमा टिप्परले स्कुटरलाई ठक्कर दिदा छोरीको मृत्यु, बाबु घाइते



रुपन्देही- बुटवल पाखापानीमा आज (बिहीबार) भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए। दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ६२३३ नंको टिपरले पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु४५प ७२३४ नंको स्कुटरलाई पाखापानीको मनकामना मन्दिर नजिकै ठक्कर दिदाँ सो दुर्घटना भएको थियो ।

टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।सांकेतिक तस्विर