बुटवलको क्‍वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

बुटवलको क्‍वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु



रुपन्देही । बुटवलको धागो कारखानामा बनाइएको क्‍वारेन्टाइनमा राखिएका एकजना व्यक्तिको मृत्यु भएको छ । सैनामैना नगरपालिका – ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले क्‍वारेन्टाइनमा मृत्यु भएको जानकारी आएको बताए। उनले मृत्युको कारणबारे थप रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।

चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो देखिएकाले १३ गते क्‍वारेन्टाइनमा राखिएको थियो। ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको बताइएको छ ।