बसको ठक्करबाट कैलालीमा दुई बालक गम्भिर घाईते - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

बसको ठक्करबाट कैलालीमा दुई बालक गम्भिर घाईते



विशाल पाण्डेय / सुखड

कैलालीमा बसको ठक्करबाट दुई बालक घाईते भएका छन् । बिहिवार साझ जिल्लाको बर्दगोरिया गाँउपालिका- १ बौनिया बजार नजिकै महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट घोडाघोडी नगरपालिका -८ का १२ वर्षिया लक्ष्मण चौधरी र बर्दगोरीया गाउपालिका -१ का ८ बर्षिया अंशु चौधरी गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरिक्षक धुर्व बहादुर बिष्टले जानकारी दिए ।

बिष्टका अनुसार साईकलमा बिपरीत दिशाबाट आईरहेका बालकलाई बसले अन्य सवारी साधनलाई ओभरटेग गर्न खोज्दा ठक्कर दिएको हो ।

घाईते दुबैजनालाई बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि नेपालगंज रेफर गरीएको छ भने ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घाइते लक्ष्मण चौधरी घोडाघोडी नगरपालिका -८ का बासिन्दा रहेको र बर्दगोरिया मामा घरमा गएका थिए ।