बसपार्कमा गाडी छन्, सिट छैनन्: काउन्टर छन्, टिकट छैनन् - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

बसपार्कमा गाडी छन्, सिट छैनन्: काउन्टर छन्, टिकट छैनन्



काठमाडौं । बुटवलका लागि टिकट लिन आज बिहानै देवान खनाल बस पार्क पुगे । उनलाई टिक पाउने ठूलो आशा थियो । अरु नभए पनि क्युफ्रि बसको टिक पाउँछु भन्‍ने उनलाई लागेको थियो । तर, त्यहाँ पुगेपछि परिस्थित ठिक उल्टो भयो । उनले कुनै बसको टिकट पाएनन् । बिहानै बस पार्क पुगेका उनी दुई बज्दासमेत टिकट नपाएर रन्थनिएका थिए ।

के गर्ने के गर्ने ? उनी अलमलमा थिए । यस्तै अलमलमा थिए कैलालीको धनगढीका लागि टिकट काट्न हिडेका चित्र जोशी । उनी पनि टिकट नपाएर अलमलमा थिए । कहिले कता दौडिरहेका थिए कहिले कता ।

यी दुईत प्रतिनिधि पात्र मात्रै हुन् । बस पार्क टिकटका लागि पुग्‍ने लगभग सबै यात्रुको अवस्था उस्तै हो । बस पार्कमा टिकट नपाउनेको ठूलै लाम थियो भने उनीहरूलाई घर कसरी जाने भन्न‍े चिन्ता थियो ।

बसपार्क पुगेका उनीहरूले समयमै टिकट नपाउँदा घर कहिले जाने भन्‍ने योजना नै बनाउन सकेका थिएनन् ।

पर्याप्त यातायातका साधन नहुँदा आफू समयमै घर पुग्नन सम्भावना न्युन रहेको देवानले बताए ।

दसैं नजिकिए सँगै समयमै टिकट नपाउँदा यात्रुहरू समस्यामा परेका छन् । उनीहरू अघिल्ला वर्षजस्तै यस वर्ष पनि चाडपर्वमा झन्झटिलो यात्रा गर्न बाध्यछन् । पर्वको समयमा यात्रुको चाप धेरै हुँदा यातायात व्यवसायीलाई टिकट व्यवस्थापन, गाडी सञ्चालन र सिट व्यवस्थापनमा समस्या भएको छ । टिकट व्यवस्थित नहुँदा पनि यात्रुले समयमै टिकट पाउन सकेका छैनन् ।

सरकारले यात्रुहरूका लागि सहज आवागमनको व्यवस्था गर्छु भने पनि त्यो खाली कुरैमा मात्र सिमित भएको यात्रुहरूको गुनासो छ ।

वर्षेनी यात्रुहरूले एउटै समस्या खेपिरहेका हुन्छन् । केही दिन पहिले टिकटमा सरकारले तोकेको मूल्य देखाउने र यात्रुहरूसँग बढी भाडा असुल्ने गरेको समाचार पनि बाहिरिएको थियो ।

सरकारी नियाकायको फितलो अनुगमनका कारण टिकटहरूमा कालोबजारी हुने गरेकाले पनि यात्रुले सास्ति खेप्ने गरेका हुन् ।

तर, गोगंबु बसपार्क, गौशाला, सुन्धारालगायत टिकट काउन्टरमा काठमाडौंबाट घर जानका लागि टिकट नपाउनेको संख्या निकै छ ।

टिकट काउन्टरका कर्मचारीका अनुसार छिटफुट छोटो दूरीमा चल्ने बसको टिकट बुकिङ मात्र बाँकी छ, लामो दूरीका बसका अग्रिम टिकट छैन । सुन्धारास्थित बस पार्कका धनगढीका लागि टिकट उपलब्ध गराउने कर्म चारी मिन पनेरुले लामो दूरीको टिकट बुक भइसकेको बताए ।