बुटवलको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसको छतमा शव - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बुटवलको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसको छतमा शव



बुटवल । नयाँ बसपार्कमा पार्किङ गरेर गरिराखेको बसको छतमा शव भेटिएकाे छ । बुटवलको नयाँ बसपार्कमा गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको हो ।

आंशिक सडेको अवस्थामा भेटिएकाे शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।