बसको ठक्कर: दुई जना बालकको मृत्यु, राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

बसको ठक्कर: दुई जना बालकको मृत्यु, राजमार्ग अवरुद्ध



विशाल पाण्डेय / सुखड । कैलालीको बर्दगोरीया गाउपालिका- १ बौनिया बजार नजिकै बसको ठक्करबाट घाईते भएका दुई जना बालकको उपचारका क्रममा मृत्यु भएको छ ।

विहिबार साझ ५ बजेतिर महेन्द्रनगर बाट काठमाण्डौ जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साईकलमा सवार दुई जना बालकलाई ठक्कर दिएको थियो ।

बालकलाई बसले ठक्कर दिदा बर्दगोरीया गाउपालिका-१ का ८ वर्षिय अन्सु चौधरी र घोडाघोडी नगरपालिका- ८ का १२ वर्षिय लक्ष्मण चौधरी गम्भिर घाईते भएका थिए । घाईते अन्सु र लक्ष्मणलाई उपचारका लागी नेपालगंज रिफर गरीएको थियो । घाईते लक्ष्मण चौधरीको नेपालगंज स्थित नर्सिङ्ग होममा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का घाईते अन्सु लाई नेपालगंजबाट थप उपचारका लागी भारतको लखनउ रिफर गरीएको थियो । अन्सुलाई लखनउ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरिक्षक ध्रुव बहादुर विष्टले जानकारी दिए।

बस र बस चालकलाई लम्की प्रहरीले नियन्त्रणमा लिएको लम्की प्रहरीले जानकारी दिएको छ ।

पुर्व पश्चिम् राजमार्ग अवरुद्ध

विहिबार महेन्द्रनगर बाट काठमाण्डौ जाँदै गरेको बसले साईकलमा सवार दुई जनालाई ठक्करदिदा घाईते भएका बालकको उपचारका क्रममा मृत्यु भएपछि बालकका आफन्तहरुले पुर्व पश्चिम् राजमार्ग अवरुद्ध गरेका छन् ।

शुक्रबार बिहान करिब ९:३० बजेबाट पुर्व पश्चिम् राजमार्ग अन्तरगत बौनिया सडक खण्ड अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरिको कुनै पनि सवारी साधन नचलेपछि यात्रुहरु अलपत्रमा परेका छन् । घटनाको विषयमा दुई टोलि बिच अहिलेसम्म सहमति नजुट्दा कतिबेला सवारी साधन खुल्ने भन्ने अनिश्चितता रहेको छ । चाडैं नै सहमतिमा ल्याएर सडक सुचारु गर्ने प्रहरीले जनाएको छ ।

घाईते लक्ष्मण चौधरीको नेपालगंज स्थित नर्सिङ्ग होममा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का घाईते अन्सु लाई नेपालगंजबाट थप उपचारका लागी भारतको लखनउ रिफर गरी लखनउ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।