पथलैया जाँदै गरेको बस मध्यरातमा दुर्घटना

हेटौँडा– हेटौँडाबाट पथलैया जाँदै गरेको यात्रुवाहक बस हेटौँडाको चुरियामाई मन्दिर नजिक सडकबाट खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ५ ख ४०१५ नम्बरको बस सडकबाट खोलामा खस्दा हेटौँडाकी २५ वर्षीया पार्वती अधिकारीको मृत्यु भएको हो।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ। उनीहरुको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। सो दुर्घटनामा ६ जना गम्भीर घाइते भएकाले भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा गुडेको बस घुम्तीमा अनियन्त्रित भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। फाइल तस्बिर

