बस दुर्घटना अपडेटःगाडीमा ९० जना सवार थिए( केहि तस्बिर सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बस दुर्घटना अपडेटःगाडीमा ९० जना सवार थिए( केहि तस्बिर सहित)



नयाँ दिल्ली

आज बिहान कृष्णनगर देखि भारत उत्तर प्रदेशको आनन्द बिहार आउदै गरेको  बस नम्बर युपी 22T4263 लाई बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको फैजावादको  रौनक पुलिसले जानाकारी दिएको  छ ।बसलाई ट्रकले बिहान करिब ४ बजे ठक्कर दिएको हो । गाडीमा करिब ९० जना सवार भएको एक यात्रुले बताएकी छन्    ।

दिल्ली नेपाल चल्ने अन्य धेरै गाडीहरु छन् तर ट्रावलको नाममा अवैध धन्दा समेत हुने गरेको छ । जुन ट्रावल्सको कुनै पनि गाडीहरु छैन केवल दिल्ली र नेपालमा सम्पर्क कार्यालय बनाएर यात्रुलाई ओसारपसार गरिरहेका छन् यस्तो कार्यले बिच बाटोमा गाडी दुर्घटना वा अन्य समस्या पर्दा त्यस्ता ट्रावलले यात्रुलाई न गन्तव सम्म पुर्याउछन सक्छन् भने न यात्रुको जन धनको सुरक्षा नै हुन्छ ।

न्यु सुपा देउराली मा टुर एण्ड ट्रावल्सले भाडामा लिएको गाडी दुर्घटना भएको हो । हामीले नेपाल कार्यालय र दिल्लीमा रहेको कार्यलयमा सम्पर्क गर्दा केही जनाकारी पाउन सकिएन  केवल सामान्य घटना हो भने यधपी घटना स्थलमा रहेका एक जनालाई सम्पर्क गर्दा ठुलो दुर्घना भएको बताएका छन् करिब ३  जनाको मृत्यु भएको र अन्य यात्रुहरु घाइतेलाई   नजिकैको सरकारी अस्पतालमा राखिएको छ   । प्युठान बल्दुल्लाका एकै परिवारक ३ जनाका(जसको घटाना स्थलमै मिर्त्यु भएको थियो ) आफन्त भने पंजाव र नेपालबाट आउँदै गरेको  बताएका छन् ।   मृतकका आफन्तले उक्त ट्रावल्समा सम्पर्क गर्न नसकिएको    गुनासो गरे ।