बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



कञ्चनपुर- कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

विहिबार लालझाडी गाँउपालिपा -६ चान्देव बजार नजिककै बस र मोटरसाइकल ठोक्किदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ढक्का शिविर बस्ने अन्दाजी ४५ बर्षिय पदम चौधरीको घटनास्थलमै मृत्यु भएको स्थानिय नरेश रानाले जानकारी दिए ।

कंचनपुरको बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८७१९ नम्बरको बसमा म १ प १७६४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

बस चालक लक्ष्मण सापकोटा र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।