बस दुर्घटना हुँदा १२ जना घाइते

म्याग्दी । बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बस बेनी नगरपालिका–९ भुतादैलाको सडकबाट लगभग ७ मिटर तल खसेको हो ।
दुर्घटा भएको बसमा १२ जना सवार थिए । ती सबै यात्रु घाइते भएका हुन् । ना ५ ख ५७२४ नम्बरको बस खस्दा पूर्व सहायक प्रमुख जिल्ला अधिकारी, बनेपा–९ का रुद्रबहादुर चोखाल, यामबहादुर चोखाल र पुष्कर शर्मा ओखलेसंगै १२ जना घाइते भएका स्थानीयले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बेनी अस्पताल लगेको बताइएको छ ।

