कैलालीमा बस दुर्घटना : ५ जना घाइते - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कैलालीमा बस दुर्घटना : ५ जना घाइते



कैलाली । कैलालीमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका -३ चौकीडाँडामा केहिबेर अघि ना ५ ख ८०१९ नम्बरको बस दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट कैलालीको अत्तरिया आउँदै गरेको बस तिव्र गतीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाईते पाँच जनाको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको छ ।फाइल तस्विर