यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु , २० जना घाइते - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु , २० जना घाइते



प्युठान,। प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस आज बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना हो ।

जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानाएको छ ।

२० जनाभन्दा बढी घाइते भएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।