बस दुर्घटना हुँदा चालक सहित १६ जना घाइते - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बस दुर्घटना हुँदा चालक सहित १६ जना घाइते



काठमाडौँ। ललितपुरको लुभुबाट लगनखेल गइरहेको बा२ख ८६४ नम्बरको सार्वजनिक बस अनियन्त्रित भइ इमाडोलमा दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् ।

प्रहरी परिसर ललितपुरका डिएसपीका अनुसार बसका चालकको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उपचार किष्ट अस्पतालमा भइरहेको छ। घाइते मध्ये तीन जना डिस्चार्ज भइसकेको र सबैजना खतरामुक्त रहेको डिएसपीले बताए।

फाइल तस्विर