बुर्तिवाङमा बस दुर्घटना : १ जनाको मृत्यु , १० घाइते - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

बुर्तिवाङमा बस दुर्घटना : १ जनाको मृत्यु , १० घाइते



बाग्लुङ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन्। लु १ ख ७४३९ नम्बरको बस मंगलबार बिहान करिब ५ बजे मध्यपहाडी लोकमार्गको ढोरपाटन नगरपालिका–१, बुर्तिबाङको खप्तरीवाङ भन्ने ठाउँबाट खोलामा खसेको प्रहरीले बताएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिए। दुर्घटना स्थलभन्दा दुई सय मिटर तल खोलामा अन्दाजी ६५ वर्षकी महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

बसमा १७ जना यात्रु सवार थिए। बस सडकबाट झण्डै २५ मिटर तल बडीगाड खोलामा खसेको प्रत्यक्षदर्शी ओमप्रकाश सापकोटाले बताए। घाइतेलाई प्रहरी र स्थानीयवासीले तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा पुर्‍याराएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
– थाहा खबरबाट