सुर्खेतमा यात्रुबाहक बस दुर्घटना : तीनको मृत्यु, २८ घाइते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सुर्खेतमा यात्रुबाहक बस दुर्घटना : तीनको मृत्यु, २८ घाइते



सुर्खेत : सुर्खेतमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

पश्चिम रुकुमबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ। बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

फाइल तस्बिर