बनभोज जाँदै गरेको बस दर्घटना - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

बनभोज जाँदै गरेको बस दर्घटना



झापा – विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा १३ जना यात्रु घाइते भएको बताइएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउमा यात्रु बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

बनभोज जाने क्रममा झापाको दमकबाट इलामको कन्यामतर्फ गइरहेको ना. ६ ख ६१८१ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर घाइते भएकाहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहानै भएको उक्त दुर्घटनामा परी घाइते हुनेहरुमा बसका मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन्।

घाइते हुनेहरुमा दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन्।