भैरहवा जाँदै गरेको बस दुर्घटना: ३० यात्रु घाइते - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

भैरहवा जाँदै गरेको बस दुर्घटना: ३० यात्रु घाइते



काठमाडौं- महेन्द्र राजमार्ग अन्तरर्गत बाराको निजगढमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको ना.४.ख.७९९० नम्बरको बस दुर्घटना भएको हो।

बसमा यात्रारत धनुषा रणभिम गणका नेपाली सेनाका जमदार कृष्ण श्रेष्ठ, लेसनायक प्रकाश कार्की, लेसनायक सानुबावु कार्की, महादेव चौधरी, सिपाही अञ्जना राई, ९ नम्बर बाहिनी अड्डाका सिपाही भरत विक लगायत घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि बीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । फाइल तस्बिर