काठमाडौंमै बस दुर्घटना, १५ जना घाइते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काठमाडौंमै बस दुर्घटना, १५ जना घाइते



काठमाडौं । राजधानीको नैकापमा बस दुर्घटना भएको छ । थानकोट–रत्नपार्क चल्ने बा ३ ख ९७७३ नम्बरको चन्द्रागिरी यातायातको बस र ना ५ द ख ९७५२ नम्बरको मालवाहक ट्रक एकआपसमा ठक्कर खाएको हो ।

नैकापको बल्खु पुलमा ठक्कर खाँदा बसमा सवार आधादर्जन भन्दा बढी घाइते भएका ट्राफिक प्रहरी थानकोटले जनाएको छ । घाइतेहरुको ओम समाज अस्पताल नैकाप, बल्खुमा उपचार भइरहेको छ ।

बसलाई ठक्कर दिएपछि ट्रकचालक फरार भएका छन् । उनको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।