काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना



कपिलवस्तु । काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्र्तगत वाणगंगा नगरपालिकाको चप्परगाँंमा दुर्घटना भएको छ ।

दुर्घटर्नामा परि बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छन । घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ ।