तिलोत्तमा नगर क्षेत्रका ४ न रूटका लागी आजवाट नगर वस सन्चालनमा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

तिलोत्तमा नगर क्षेत्रका ४ न रूटका लागी आजवाट नगर वस सन्चालनमा



भाद्र २७, तिलोत्तमा,बुटवलको गोलपार्क हुदैं तिलोत्तमा नगर क्षेत्रका नयाँमिल, प्रेमनगर, प्रगतिचोक र ४ न। रूटका लागी आजवाट नगर वस सन्चालन गरिएको छ ।

बस सेवा सन्चालनले तिलोत्तमा नगरपालिका भित्रका वडा न। १, ८ र ९ का वासिन्दा लाभान्वित भएका छन । घण्टैपिच्छे २ वटा नगर बसले प्रगतिचोक हुदै बुटवल जाने आउने यात्रु बोक्नेछन । ७ न। रूट अन्तर्गत सन्चालन गरिएको नगर बसको बुटवलसम्मको भाडा ३० रूपिंया तोकिएको छ ।
पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलको सहयोग र प्रगति युवा क्लव प्रगतिचोकको समन्वयमा शुरू गरिएको नगर बस सेवाको आज एक कार्यक्रमका वीच प्रमुख अतिथी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव रामकृष्ण खाँड़ले रिबन काटेर उदघाटन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खाँड़ले, माइक्रोवस सन्चालनले यस भेगका स्थानीय वासिन्दा लाभान्वित हुने बताउदै नगर बस निर्वाध सन्चालनका लागी आफु र आफ्नो पार्टीको तर्फबाट कुनै कसर वाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे । उदघाटन कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष तुल्सिराम कँडेलले, निर्वाध बस सन्चालनका लागी सवैको साथ, सहयोग र सर्मथनको खाँचों औल्याए ।

सो अवसरमा अतिथिहरू नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हेमलाल पाण्डे, करहिया मक्रहर खानेपानी संस्थाका अध्यक्ष शत्रुधन पौडेल, तिलोत्तमा शिक्षक संगठनका डोलराज पाण्डे, कुलापानी समितिका अध्यक्ष देव बहादुर खाँड़, पश्चिमान्चल बस व्यवसायी समिति सदस्य रमेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

क्लवका अध्यक्ष तुल्सिराम कंडेलको सभापतित्व, एंव कांग्रेस रूपन्देही सचिव रामकृष्ण खाँड़को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजसेवी निलकण्ठ ज्ञवालीले स्वागत मन्तव्य र राजकुमार वाग्लेले उदघाटन कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।