लाजिम्पाटमा बम भेटियो - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

लाजिम्पाटमा बम भेटियो



काठमाडौं, असोज ९ ।

काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि राखिएको बम भेटिएको छ ।

आइतबार राती ९ बजेतिर निलो झोलाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।

बम राखिएको फेला परेपछि प्रहरीले आसपासको क्षेत्र सिल गरेर सेनाको टोलीलाई खबर गरेको थियो ।

सो सुतली बम भएको र सेनाले निष्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका थिए ।

सर्वसाधारण नागरिकलाई आतंकित पार्न कसैले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।