गाउँपालिका भवनमा बम विष्फोट ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गाउँपालिका भवनमा बम विष्फोट !



इलाम- इलामको चुलाचुली गाउँपालिकाको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ । बम विष्फोटबाट सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

गएराति भएको विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको छ । घटनास्थलको प्रकृति हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

फाइल तस्बिर