बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुन्छ :नेता नेपाल - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुन्छ :नेता नेपाल



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । वरिष्ठ नेता नेपालले युवाहरुलाई उद्यमशील बनाउन पनि प्रोत्साहनको नीति लिन सरकारलाई सुझाव दिए ।

सोमबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’ को उद्घाटन गर्दै उनले बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेकाले मुलुक अघि बढन नसकेको उल्लेख गर्दै त्यसलाई नियन्त्रणका गर्न सरकार गम्भिर हुनुपर्ने स्पष्ट पारे । वरिष्ठ नेता नेपालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न, उत्पादन वृद्धि गरेर आम्दानी बढाउने कुराको उचित व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.युवराज खतिवडाले युवा उद्यम विकासका लागि सरकारले आवश्यक लगानीको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । उनले रोजगारीको अवसर सृजना गर्ने, उत्पादन वृद्धि गर्ने र मुलुकको आयातलाई प्रतिस्थापन गरेर अघि बढने सरकारको नीति रहेको पनि बताए ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धिका लागि सरकारले कृषि उद्योगलाई पहिलो प्राथमिकता राखेको पनि स्पष्ट पारे ।