बुढीगंगाको ताजा अपडेट: एमालेको मतान्तर दोब्बर, कांग्रेस धेरै पछाडी - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बुढीगंगाको ताजा अपडेट: एमालेको मतान्तर दोब्बर, कांग्रेस धेरै पछाडी



धनगढी- बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मतका साथ अगाडि छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार २३९ मत प्राप्त गरेका छन्। अहिलेसम्म‌ ३ हजार ६४८ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँर २१७२ मत ल्याउँदै अगाडि छिन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १२६२ मत ल्याएकी छिन्। अहिलेसम्म नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने ९ मा एमालेकै मीनबहादुर सिंह निर्वाचित भएका छन्। वडा नं. १० मा पनि एमालेका दलबहादुर साउद विजयी भएका छन्।