बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय



काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारले निर्णय गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावअनुसार चिनियाँ कम्पनीलाई आयोजना नदिने निर्णय गरेको हो।

चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना बढाउने यसअघिको सरकारले गरेको निर्णयलाई पन्छाउँदै आयोजना स्वदेशी लगानीमै बनाइने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।