बुद्ध बनेरै मनाए विद्यार्थीले बुद्धजयन्ती
बुटवल। २५६२ औं बुद्धजयन्तीको अवसर पारेर सोमबार बुटवल–२ उजुरसिंह पथमा रहेको अक्षर एकेडेमिले बुद्धको सन्देश र बुद्ध दर्शनका बारेमा कार्यक्रम गरेको छ ।
विद्यालयले विद्यार्थीहरुलाई बुद्धकै स्वरुपमा सिंगारेर बुद्धको जीवनी, बुद्धदर्शन र उनले अपनाएको बाटोका बारेमा कार्यक्रमनै गरेर जानकारी गराएको हो ।
बुद्धले लिएको बाटो, बुद्धबाट विद्यार्थीले सिक्नु पर्ने दर्शन, सिद्धान्तका बारेमा शिक्षकहरुले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
विद्यालयका कार्यकारी निर्देशक अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महिला शिक्षक रश्मीता श्रेष्ठ, शोभा थापा लगायतले बुद्धको जीवनी र सन्देशका बारेमा विद्यार्थीहरुलाई जानकारी गराए।
सो कार्यक्रममा आधादर्जन विद्यार्थीहरुले बुद्ध र वुद्धदर्शनका बारेमा आआफ्ना भनाई राखेको प्रिन्सिपल रुपा श्रेष्ठले जानकारी दिए ।