बुद्ध एयरले घटायो भाडा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बुद्ध एयरले घटायो भाडा



काठमाडौं- बुद्ध एयरले विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको छ। बुद्ध एयरले नयाँ भाडादर सार्वजनिक गर्दै विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको छ।

आफ्नो आन्तरिक उडानमा बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय भएको जनाएको छ। जसमा भाडादर ५० प्रतिशत घटाइएको उल्लेख गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ।

नयाँ भाडादर अनुसार काठमाडौं–पोखरा ६५ डलर, काठमाडौं–विराटनगर ७६ डलर, काठमाडौं–जनकपुर ४२ डलर, काठमाडौं–सिमरा ३० डलर, काठमाडौं–भैरहवा ६५ डलर, काठमाडौं–धनगढी १३८ डलर, काठमाडौं–नेपालगन्ज १०२ डलर, काठमाडौं–भद्रपुर ९४ डलर रहने उल्लेख छ।