काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या



काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ।

शनिबार बिहान बुद्ध एयरको यु-४१३३ जहाजमा समस्या देखिएपछि वीरगन्जबाट मोडेर पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा पनि धावन मार्ग छाड्ने बेला उडान भर्न नसकेपछि पार्किङ गरिएको थियो।

उक्त जहाजमा यात्रा गरिहेको पत्रकार दिपेन्द्र शर्माले फेसबुकमा स्टाटस लेख्दै आकाशमा उडिरहेको जहाजमा समस्या भएपछि पुन: काठमाडौंमै ल्यान्डिङ गरिएको बताएका छन्।