२०१८ को विश्वकप ब्राजिलले जित्ने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

२०१८ को विश्वकप ब्राजिलले जित्ने



काठमाडौं । रुसमा हुने विश्वकप फुटबलको २१ औं संस्करण आउन ६ दिन बाँकी छ । विश्वकपमा ३२ वटा राष्ट्रले सहभागी जनाउनेछन् । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको बरीयतामा जर्मनी पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ ।

यतिबेला आगामी विश्वकपको उपाधी कसले जित्ला भन्ने विषयमा विभिन्न तर्कवितर्क निकै अघिदेखि सुरु भइसकेको छ । संसारभरका फुटबलप्रेमीहरुले आ–आफ्नो रोजाइको टोलीको जर्सी लगाएर हिँड्न सुरु गरेका छन् ।  समग्रमा भन्नुपर्दा संसारभरिका खेलकुदप्रेमीलाई यतिबेला विश्वकपको ज्वरोले मज्जैले तताएको छ ।

यसै क्रममा एक चर्चित अमेरिकी संस्था ‘ग्रासनोट’ले आगामी विश्वकपमा सहभागी टोलीहरूको विभिन्न पक्षको विश्लेषणपछि आफूले गरेको एउटा अध्ययनको नतिजा सार्वजनिक गरेको छ ।

उक्त संस्थाले सार्वजनिक गरेको नतिजा हेर्ने हो भने रुसमा हुने विश्वकप फुटबलको उपाधी ब्राजिलले हात पार्नेछ । उक्त संस्थाले गरेको विश्लेषणको नतिजामा विश्वकपको फाइनलमा ब्राजिल र स्पेन भिड्नेछन् । तर उपाधि भिडन्तमा ब्राजिलले स्पेनलाई हराउँदै छैटौं पटक उपाधि चुम्नेछ ।

उक्त संस्थाले यसअघि पनि विश्वकप लगायत विभिन्न ठूला प्रतियोगिताको विश्लेषण र पूर्वानुमान गरेको थियो, जुन धेरै हदसम्म मिल्दै पनि आएको छ ।

संस्थाले सार्वजनिक गरेको विश्वकपको विश्लेषण अनुसार ब्राजिलले छैटौं पटक विश्वकप जित्ने सम्भावना २१ प्रतिशतभन्दा बढी देखिएको छ । ब्राजिलपछि स्पेन, जर्मनी र अर्जेन्टिनाको सम्भावना देखिएको छ । स्पेनको सम्भावना १० प्रतिशत देखिएको छ भने जर्मनी र अर्जेन्टिनाको सम्भावना आठ/आठ प्रतिशत देखिएको छ ।

हेरौं उक्त संस्थाले विश्लेषण गरेर सार्वजनिक गरेको नतिजाः–

Chance to win 2018 World Cup

Brazil = 20.8 percent

Spain = 15.9 percent

Germany = 10.9 percent

Argentina = 7.0 percent

France = 6.0 percent

Belgium = 5.7 percent

Portugal = 5.4 percent

England = 4.9 percent

http://www.espn.in