ब्राजिल र जर्मनीको विश्वकप जित्ने सम्भावना - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

ब्राजिल र जर्मनीको विश्वकप जित्ने सम्भावना



लण्डन (एजेन्सी) – बेलायतको चर्चित ‘बेटिङ’ वेबसाइट सन बेट्सका अनुसार यस वर्षको विश्वकप जित्ने ब्राजिल र जर्मनीको सम्भावना बढी रहेको छ ।

हिजो स्पेन र बेल्जियमले आफ्नो विश्वकप टोलीको घोषणा गरेसँगै बजारमा ठूलो हलचल भएको सन बेट्सले बताएको छ । स्पेनले आफ्नो टोलीमा सेस्क फ्याब्रिग्यास, मार्कोस अलोन्सो, एल्भारो मोराटा र हेक्टर बेल्लेरिनलाई सामेल गरेन ।

अर्को तर्फ बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले मिडफिल्डर राड्जा नाइनगोलानलाई टोलीमा स्थान दिएनन् । नाइनगोलानले सो खबरसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास पनि लिए ।

स्पेन यस वर्षको विश्वकप जित्न तेस्रो सम्भावित टोली रहेको छ भने जर्मनी र ब्राजिलको समान सम्भावना रहेको सन बेट्सले जनाएको छ । फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र अर्जेन्टिनाको सम्भावना भने तुलनात्मक रुपमा न्युन रहेको बताइएको छ ।