ब्राजिल स्तब्ध, क्रोएसिया सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

ब्राजिल स्तब्ध, क्रोएसिया सेमिफाइनलमा प्रवेश



क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि ब्राजिलले गोल गर्न सकेन । दोस्रो हाफको अन्तिम समयमा ब्राजिलले एकपछि अर्को गोलको सिर्जना गरेको थियो । तर सदुपयोग गर्न सकेन ।

थप गरिएको ३० मिनेट समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । उनले यो गोलसँगै फुटबलका जादुगर भनेर चिनिने पेलेको रेकर्ड बराबरी बनाएका थिए । ब्राजिलबाट सर्वाधिक गोल गर्ने खेलाडी पेलेको ७७ गोलको रेकर्ड नेयमारले बराबरी बनाएका हुन् ।

खेलको ११६औँ मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरी दिलाए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो ।