पाँच चेलिको नेतृत्वले सफा बन्दै बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल  - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पाँच चेलिको नेतृत्वले सफा बन्दै बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल 



भरतपुर । समाज रुपान्तरण गर्न सफा हराभरा क्यान्सर अस्पताल बनाउन केही महिना अगाडि देखि निरन्तर रूपमा सरसफाइ अभियानमा कृयाशिल नाम हो ,आरति घिमिरे,सिमा सुवेदी,सरोजा देबकोटा,सन्जु चालिसे,मनिता अधिकारि । उहाहरुको अथक मेहनत अनि परिश्रमबाट शुरुआत सरसफाइ अभियान आज ९ औ हप्तामा प्रवेश गरेको छ । सुरुमा ५ जना बाट शुरूवात यो सरसफाइ अभियान आजका दिन सम्म आउदा सबै संघ सस्था भरतपुर महानगरपालिका,सबैको साथ मिल्दै अघि बढेको छ।

गरे के नहुदो रहेछ भन्ने प्रमाणित गर्दै छन यी अभियान्ताहरुले । आज हजारौंका छोराछोरीहरु गलत बाटोमा प्रबेश गरेर आफ्नो भबिस्य बिगारेका छन । उनिहरु जस्ताका लागि पनि उदाहरणिय बनेका छन यी  चेलिहरु । यो अभियानमा सरसफाइ सम्बन्धि जनचेतनामूलक awareness कार्यक्रम गर्दै सबै टाेलबासिहरुलाई हरेक हप्ता सचेतना दिने कार्य गरिदै आएको छ । यो अभियान अझ सशक्त तरिकाले संचालन गरिने अभियानकि अभियान्ता आरति घिमिरे बताइन ।