जोन्सनले भने: मैले गलत गरेको छु, माफी चाहन्छु - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

जोन्सनले भने: मैले गलत गरेको छु, माफी चाहन्छु



एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको समयमा आफ्ना आधिकारिक निवासमा राखिएको पार्टीमा सामेल भएको विषयमा माफी मागेका छन्।

बेलायतमा पहिलोपटक कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन लगाएको अवस्थामा जोन्सनले आफ्नो आधिकारिक निवासमा भेला आयोजना गरेका थिए।

यस विषयलाई लिएर विपक्षीले उनको राजीनामा मागेका छन्।

जोन्सनले पहिलोपटक उक्त पार्टी आयोजना गर्नु गलत भएको बताएका हुन्। उनले आफूले मानिसहरुमा यो कुराले उत्पन्न भएको आक्रोशलाई बुझेको बताएका छन्।

उनले प्रधानमन्त्री आफैंले नियम नमान्दा मानिसहरुमा आक्रोश पैदा हुनु स्वाभाविक भएको भन्दै आफू यसका लागि क्षमाप्राथी रहेको बताएका छन्।

यद्यपि उक्त पार्टीले बेलायतमा कोरोना फैलिन सहयोग पुर्‍याएको भन्दै विपक्षीहरुले उनले तत्काल आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।