बेलायती प्रधानमन्त्री बोरिस जोनसनले एकाएक दिए राजिनामा - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले एकाएक दिए राजिनामा



काठमाडौं- कार्यशैली र कार्य क्षमता माथि प्रश्न गर्दै आफ्नो नेत्र्त्वमा रहेका पचास भन्दा बढी सांसद तथा मन्त्रीले धमाधम राजिनामा दिएसँगै प्रधानमन्त्रीको पद छोड्न चर्को दबाब झेलिरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले केही बेर अघि मात्र राजिनामा घोषणा गरेका छन् ।

उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजिनामाको घोषणा गरेको अन्तराष्टिय संचार माध्यम रोयटर्सले जनाएको छ । अन्तिमसम्म संघर्ष गर्ने बताउँदै आएका बोरिसले आफ्ना सलाल्हकारहरुको सुझावमा राजिनामा दिएको समाचारमा उल्लेख छ ।

जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ। कन्जरभेटिभ पार्टीको नेता छान्ने समयअवधी भर बोरिसनै कार्यवाहक प्रधानमन्त्री हुनेछन् ।

सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा ६५० सिटमध्ये ३६५ सिटसहित बहुमत हासिल गरेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्छ ।

कोरोना माहामारीको लकडाउनको समयमा आफ्नै घरमा मदिरा पार्टी गरेको तस्विर सार्वजनिक भए देखी नै विवादमा तानिएका जोनसनले पछील्लो समय एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएसँगै थप विवादमा तानिएका थिए ।