बमको जिम्मा विप्लव समूहले लियो - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

बमको जिम्मा विप्लव समूहले लियो



२१ मंसिर, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ ।

बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता हुने जनाएको हो ।

‘देशभर प्रतिरोधका घटना हाम्रो नेतृत्वमा भएका हुन्, चुनाव खारेजी अभियानको नेतृत्व हामीले गरेको हुनाले सबै घटनाको जिम्मा हामी लिन्छौं ।’ एक नेताले भने

बम विष्फोटनमा एक म्यादी प्रहरीको मृत्यु भएको तथा निर्दोष सर्वसाधारण तथा उम्मेदवारहरुको ज्यान लिने प्रयास भएको सन्दर्भमा विप्लब समूहले कुनै आत्मालोचना गर्न चाहेको छैन ।