बाँकेमा प्रेसर कुकर बम फेला - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बाँकेमा प्रेसर कुकर बम फेला



काठमाडौं । बाँकेमा प्रेसर कुकर बम भेटिएको छ । पैदल हिडिरहेका दुई युवकको झोलामा चेकजाँच गर्दा बम भेटिएको हो ।

कालिकोट रास्कोट नगरपालिका – ६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाहीलाई बिस्फोटक पदार्थ प्रेसर कुकर बम १ थान, र त्यसमा प्रयोगहुने फ्युज, तार र ब्याट्रीसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पैदल हिँडिरहेका उनीहरुलाई जाचँ गर्ने क्रममा उक्त बिस्फोटक पर्दाथ सहित फेला पारी पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।