प्रचण्ड सहभागी कार्यक्रम नजिकै बम विस्फोट - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रचण्ड सहभागी कार्यक्रम नजिकै बम विस्फोट



भोजपुरको चुनावी कार्यक्रम नजिकै बाम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी उक्त कार्यक्रम नजिकै बम विस्फोट भएको बताइएको छ ।

प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा बम विस्फोट भएको हो ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी छ ।

प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।

बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।