बलिउड लूक्स भएका नविनको इन्ट्री अब ठूलो पर्दामा - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

बलिउड लूक्स भएका नविनको इन्ट्री अब ठूलो पर्दामा



हिमाल पोष्ट सम्बादाता
काठमाडौँ, २४ मंङ्सिर ।।
पछिल्लो समय निकै चर्चामा रहेका गीतकार तथा मोडल नविन न्यौपाने अब भने ठुलो पर्दामा फड्को मार्दै छन । छिट्टै नै पर्दामा नवीनको अपोजिटमा को देखिने लगायतका सबै कुराहरु सार्वजनिक गरिने निर्माणपक्षले जानकारी गराएको छ । म्युजिक भिडियोमा उनको अभिनय निकै तारिफ हुने गरेको छ । जिवन्त अभिनय गर्ने क्षामता भएका न्यौपानेले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन । उत्कृष्ट गित, शब्द, स्वर, तथा पात्रहरुसंग काम गर्न रुचाउने उनको अभिनयको फिल्मी जगतमा निकै तारिफ भएको पाइन्छ ।

जस्तोसुकै पात्रको चरीत्रमा घुस्न सक्ने क्षमता भएका उनले नायिका नम्रता सापकोटा, रञ्जिता गुरुङ लगायतसँग स्क्रिन सेयर गरिसकेका छन् । उनले मोडलिङ क्षेत्रमा प्रवेश गरेको केही समयमा नै ठुलो उचाई लिएका थिए । प्रमोद खरेल र हिमाल सागरलगायतका गीतमा अभिनय देखाईसकेका नविनले ‘किन म आजभोलि…’ बोलको गीतमा जिवन्त अभिनय गरेपछि सर्वत्र तारिफका पात्र बनेका थिए ।

‘रोयो फौजी मन..’ तथा ‘पराईको बगैचा…’ बोलका गितहरुले समेत उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । उनी सर्लाही जिल्लाको हरिउन नगरपालिकामा बुवा नारायण प्रसाद न्यौपाने तथा आमा यशोदा न्यौपानेको कोखबाट जन्मेका हुन ।