विएमएस् फिल्मसको 'दशैँ तिहार शुभकामना साँझ २०१६'अस्ट्रेलियाको सिड्नीमा हुदै - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

विएमएस् फिल्मसको 'दशैँ तिहार शुभकामना साँझ २०१६'अस्ट्रेलियाको सिड्नीमा हुदै



सिड्नी १९ अशोज

हिन्दुहरुको महान् चाडहरुको रमझमसंगै प्रवासमा  एक आपसमा हुने गरेको भाईचारालाई मध्य नगर गर्दै तिजमा “तिज धमाका” सम्पन्न गरेको विएमएस फिल्म्सले दशैँको लागी फेरी अर्कों प्रस्तुति”दशैं तिहार शुभकामना साँझ २०१६” सिड्नीमा ल्याउने भयको छ।

नोभेम्बर १२, २०१६ मा हुने उक्त कार्यक्रम रकडेल स्थित रेडरोज फङ्सन सेन्टरमा हुने भएको छ।साँझ ५:३० बजे बाट सुरुहुने सो कार्यक्रमको प्रवेश शुल्क $५० डिनर सहित राखिएको छ। कार्यक्रममा चर्चित लोक गायक रामजि खाँड,गायक तथा सर्जक प्रकाश रेग्मिको साँगितीक प्रस्तुतीको साथै ख्यातिप्राप्त मोडल तथा डान्सर कुन्ति लिम्बु र विजय थापाको जोडदार प्रस्तुति समेत रहने छ।

कार्यक्रमलाई अझ भव्य बनाउन बिरेन्द्रदिप मल्ल र नरेश रेग्मीले बिभिन्न डोर प्राईजहरु लियर आउने जानकारी दिनुको थियो । नेपालीहरुको यो महान् चाडलाई एकै ठाउँमा जम्मा भएर रमाईलो गरी मनाउन सबैमा आव्हान समेत गरिएको छ ।