बीएमएस फिल्मसले जुटाएको च्यारिटी रकम हस्तान्तरण - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

बीएमएस फिल्मसले जुटाएको च्यारिटी रकम हस्तान्तरण



काठमाडौं-कैयौँ समाजसेवाको क्षेत्रमा योगदान गर्दै आएको बीएमएस फिल्मसले च्यारिटी कार्यक्रमको रकम हस्तान्तरण गरेको छ। बिएमएस फिल्म्स र योर स्टाइल अस्ट्रेलियाको संयुक्त आयोजनामा सिड्नीमा भएको च्यारिटी कार्यक्रमको सहयोग रकम काठमाडौंको गोकर्णस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

नोभेम्बर २३ तारिखमा च्यारिटीको लागि कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिएका थिए । कार्यक्रमको संयोजन बिरेन्द्र दीप मल्लले गरेका थिए ।

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको च्यारिटीका लागि आयोजना गरिएको कार्यक्रममा चर्चित गायक बम बहादुर कार्की, गायिका शिवा आले, गायिका तथा उद्घोषिका मञ्जु पौडेल र उद्घोषिका अनुशा पौडेलले प्रस्तुति दिएका थिए ।

काठमाडौंको गोकर्णस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्र लामो समयदेखि तिलबहादुर कार्कीले संचालन गर्दै आइरहेका छन् । उनि आफु पनि फरक क्षमताका छन् र फरक क्षमताका बालबालिकाको सेवा गरिरहेका छन् ।

सहयोग रकम हस्तान्तरण गर्दै मञ्जु पौडेलले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा आफ्नो योगदान रहने बताइन । यस अगाडी पनि उनको सामाजिक क्षेत्रमा राम्रो योगदान रहेको छ ।