यस्तो छ ‘ब्ल्याक’ ट्रेलर ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यस्तो छ ‘ब्ल्याक’ ट्रेलर !



भाद्र १ गतेलाई रिलिज डेट कन्फर्म गरिएको फिल्म ‘ब्ल्याक’ को अफिसियल ट्रेलर लञ्च गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा बीचको प्रेममा आउने उतारचढावलाई देखाउन खोजिएको छ । यी दुईको प्रेममा अभिनेता आयुष रिजाल तगारो बनेका छन् । एक्सन र प्रेम मिश्रित ट्रेलरमा आकाशका प्रेमिल संवाद बढी हाबी छन् । प्रदिप श्रेष्ठ निर्देशित यसमा सुन्दर श्रेष्ठ, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल पनि लिड रोलमा छन् ।

आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा द्वन्द्व चन्द्र पन्तको रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको र छायांकन रामशरण उप्रेतीले गरेका छन् ।करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।