सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज



काठमाडौं । सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो ।

वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए ।

सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल पोखरेलको रिट खारेज भएको बताए ।

पोखरेलले पनि बाह्रखरीसँग कुरा गर्दै आफ्नो रिट खारेज भएको जानकारी दिएका छन् ।