बिश्वकप फुटबलको रौनक, पुनर्वासमा पुर्णलक्ष्मी चलचित्रमा सबै खेलको लाइभ शो हुने  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिश्वकप फुटबलको रौनक, पुनर्वासमा पुर्णलक्ष्मी चलचित्रमा सबै खेलको लाइभ शो हुने 



हिमाल पोस्ट 

पुर्नवास ,कञ्चनपुर । फुटबलको महासंग्राम अर्थात् विश्वकप फुटबलको आज मस्कोस्थित लुजनिकी रंगशालामा उद्घाटन हुँदैछ । २१ औ संस्करणको विश्वकपमा युरोपबाट १४,एसिया, अफ्रिका र दक्षिण अमेरिकाबाट ५–५ र उत्तर अमेरिकाबाट ३ टोली सहभागी छन् ।

३२ राष्ट्र ८ समूहमा बिभाजित विश्वकपको उद्घाटन खेलमा समूह ए बाट आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन । उद्घाटन खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ । विश्वकप फुटबलका लागि सहभागी राष्ट्रका खेलाडी र अफिसियलहरु रसिया पुगिसकेका छन् ।

रसियाको ११ शहरका १२ रंगशालामा हुने विश्वकप १ महिनासम्म चल्नेछ । २०२६ मा हुने फिफा विश्वकपको आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गर्ने भएका छन ।

विश्वकप सुरु हुनु १ दिनअघि बुधबार रुसमा सम्पन्न फिफाको ६८औं कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजनाको जिम्मा दिएको छ । विश्वकप आयोजनाका लागि दावी गरेको मोरक्को भने फिफा सदस्य राष्ट्रहरुबीच भएको मतदानमा पराजित भएको छ ।
यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् ।

नेपाली समय अनुसार समुह चरणका खेलमा पहिलो चरणको खेल आज साँझ ८:४५ मा रुस र साउदी अरेबिया बिच हुनेछ ।

बिश्वकपको आगमन सगै फुटवल प्रेमी हरूमा एकप्रकारको रौनक थपिएको छ । आफ्नो सपोर्टिङ देशका जर्सी हरु लगाइ यहाँका बजारहरुमा घुमघाम गर्दै चोकचोकमा फुटबल कै चर्चा भइरहेको छ ।

बालबालिक,युवायुवतीले मात्र नभई बृद्ध हरु सम्म फुटबल समर्थक रहेको भेटिन्छन् । सोही चहलपहल बढे लगतै कञ्चनपुरको दक्षिणी भेग पुनर्वास मा अवस्थित पुर्णलक्ष्मी चलचित्र मन्दिरमा सबै खेलको लाइभ शो आज देखि सुरु हुने भएको छ । पुनर्वास फुटबल प्रेमीहरुले भरिएको ठाउँ र फुटबल खेलाडी हरुको हवको रुपमा चिनिँदै आएको मा सो खेलाडी हरुको मनोबल र हौसला बढाउनका निम्ति हलमा लाईभ शो गर्न लागेको सञ्चालक रबिन्द्र बिकले जानकारी गराउनुभएको छ ।

हाललाई प्रबेस शुल्क भनी १ सय रुपैयाँ लिइने र फाइनलमा प्रत्येक खेलप्रेमी दर्शक हरुका लागि १ सिङक सेकुवा र १ रेडबुल प्रदान गर्ने छ र सो दिन भने हल प्रबेस शुल्क ५ सय कायम गरिएको सञ्चालक बि क ले जानकारी दिनुभएको छ ।