एमाले एक क्विन्टलको आलुहो, हामी एक–एक तोला सुन हौँ, भ्यालु फरक छ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमाले एक क्विन्टलको आलुहो, हामी एक–एक तोला सुन हौँ, भ्यालु फरक छ



नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन् । तर पार्टीले विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पनि पहलकदमी गरिरहेको बताए ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले स्थानीय निर्वाचनमा काँग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक÷एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए ।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक÷एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे ।

उनले भने, ‘नेपाली काँग्रेस पार्टी बलियो ढंगले विजयी बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो, उनले भने १/१ किलाका ५ वटा ढक हुन् भन्नुभयो, हामी एक्लै क्विन्टल हौँ भन्नुभयो । मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु । हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौँ तर हिसाव नमिलेपछि हिसाव बुझाइदिनुपर्छ । हामी ५ वटा एक एक किलाका ढक होइनौँ । हामी एक एक तोला मात्रै हौँ । क्विन्टल चाहीँ वहाँ क्विन्टल नै हो । तर एक क्विन्टल आलु र ५ वटा तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो ।’

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको बताए ।